FAQs Complain Problems

समाचार

नगर सभा झलक

Read More

ठुली दह मुसिकोट नगरपालिका वडा नं. ७

Read More

मुसिकोट नगरपालिका नक्सा

Read More

मुसिकोट नागरपालिकाको संक्षिप्त परिचय

बिगत नेपालको एकात्मक शासन प्रणाली बमोजिम रुकुम जिल्लाको मुख्य बजार केन्द्र रहेको साबिक खलंगा गा.वि.स. सदरमुकाम र साँख गा.वि.स मिलाएर मुसिकोट नगरपालिका २०७१ मंसिर १६ गते मन्त्रिमण्डलको निर्णयबाट स्थापना भएको हो । त्यसपछि नेपालको सङ्घीय शासन प्रणाली अनुरूप नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्यको एक हो ।कर्णाली प्रदेश अन्तर्गतको रुकुम (पक्ष्चिम ) जिल्लामा पर्ने यो मुसिकोट नगरपालिका साविकको खलंगा, सांख, चौखावाङ, भलाक्चा, छिवाङ गा.बि.स. तथा स्यालापाखा गा.बि.स.को वडा नम्बर ३ र ४ मिलेर यस नगरपालिका बनेको छ । पूर्वमा सिस्ने र भुमे गाउँपालिका, पश्चिममा सानीभेरी गाउँपालिका, उत्तरमा वाँफीकोट गाउँपालिका र दक्षिणमा त्रिवेणी गाउँपालिका र रोल्पा जिल्ला रहेको यस नगरपालिकामा १४ वटा वडा रहेका छन् भने यसको क्षेत्रफल १३६.६ वर्ग कि.मि. रहेको छ र जम्मा जनसंख्या ३५३४८ रहेको छ ।

सूचना तथा समाचार

जन प्रतिनिधि

देविलाल गौतम
नगर प्रमुख
९८५७८२१५०६
प्रेम कुमारी सुनार
उप– प्रमुख
९८५७८२५३२२

Services

सेवा प्रकारः- पंजीकरण
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- ५००/-
आवश्यक कागजातहरुः-
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन
  • नाता प्रमाणित पत्रको प्रतिलिपि
  • हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन
  • हकदार प्रमाणित गर्ने थप प्रमाण कागज
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वासम्पत्ति कर तिरेको रसिद
  • आवश्यकता अनुसार सर्जमिन मुचुल्का
सेवा प्रकारः- प्रशासनिक सेवा
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- ५००/-
आवश्यक कागजातहरुः-
  • निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वासम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • प्रमाणित गर्नु पर्ने विषयसँग सम्बन्धित प्रमाण कागजहरुको प्रतिलिपि
  • मञ्जुरीनामा लिने र दिने दुबै ब्यक्ति
सेवा प्रकारः- पंजीकरण
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- नेपाली ५००/- अंग्रेजी १०००/-
आवश्यक कागजातहरुः-
  • दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • बसाइ सरी आएको हकमा बसाईसराई दर्ता प्रमाणपत्र
  • दुलाह दुलही दुबै उपस्थित भई सनाखत हुनुपर्ने
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वासम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • वि.स. २०३४ पछिको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि
सेवा प्रकारः- पंजीकरण
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- १००/-
आवश्यक कागजातहरुः-
  • निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • बसाई सरी आएको भए सो को प्रमाण पत्र
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा  सम्पति कर तिरेको रसिद
सेवा प्रकारः- घर जग्गा तथा नक्सा पास
सेवा समयः- सेवा आनुसार
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/इन्जिनियर/ ओभरसीयर /कार्यालय प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- सेवा आनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन

२.नगरिकता प्रमाणपत्रको प्रतिलिपि

३.जग्गा धनि प्रमाण पुर्जा प्रतिलिपि

४.सम्पति कर/घर जग्गा कर तिरेको रसिद 

५. नगरपालिकाबाट स्वीकृत कन्सल्टेन्सी बाट बनाएको घरको सक्कल नक्सा

६. सम्बन्धित व्यक्तिको फोटोहरु

७.राजश्व तिरेको रसिद

Pages

जानकारी