प्रमुख समाचार
मुसिकोट नागरपालिकाको संक्षिप्त परिचय
ऐतिहासिक रुपमा बहादुर शाहको नायवी तथा रणबहादुर शाहको शासनकालमा बाईसे राज्यहरुः रुकुमकोट, मुसिकोट, गोतामकोट, आठविसकोट, बाँफिकोट, कोटजहारी नेपाल अधिराज्यमा गाभिएको पाइन्छ।वि.स.२०१८ सालमा देशलाई १४ अञ्चल ७५ जिल्लामा विभाजित गरिए पछि राप्ती अञ्चलको रुकुम जिल्लाको रुपमा यस जिल्लाले मान्यता पाएको अवस्थामा मुसिकोट क्षेत्र पनी यसै जिल्लामा रहन गएको थियो। त्यस बेला यस रुकुम जिल्लाको सदरमुकाम अग्ला पर्वतहरुको सानो खोचमा रहेको रुकुमकोटमा रहेको थियो।वि.स.२०३० सालमा यस रुकुम जिल्लाको जिल्ला सदरमुकाम जुम्लीखलंगामा सारिए पछि यस स्थानलाई मुसिकोट खलंगा भन्न थालिएको थियो। मुसिकोट नगरपालिकाको ऐतिहासि पृष्ठभुमी मुसिकोट दरबार (मुसिकोट मन्दिरको रुपमा रहेको) सँग पनि जोडेर हेर्न सकिन्छ। मध्यकालमा मुसिकोट राज्यका कुनै राजाले मुसीना मगरेकी सुसारे पात्रलाई त्यस क्षेत्रमा बसोबास गराए सँगै यस स्थानको नाम मुसिकोट रहन गएको किम्बदन्ती समेत सुन्न पाईन्छ। हाल मुसिकोट नगरपालिकाको वडा नं.४ मा भएको मुसिकोट दरबारमा भएको मुसीको प्रतीमा रहेको कारण पनी यो स्थान उनै मुसी नामकी सुसारेको नामबाट रहन गएको अनुमान लगाउन सकिन्छ।
Services


- निवेदन
- सस्थाको नवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वासम्पति कर तिरेको रसिद
- आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का
- स्थानीय सर्जमिन मुचुल्का


- निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वासम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- साबिक लगत प्रमाणित प्रतिलिपि
- फिल्डबुक उतार
- स्थलगत निरीक्षण प्रतिबेदन
- जग्गाको नापी नक्सा
- जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु
- स्थानीय सर्जमिन मुचुल्का


- निवेदन पत्र
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वासम्पति कर तिरेको रसिद
- बिषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरु


- बिद्यालय कक्षा बृद्धिका लागि निवेदन
- बिद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि
- स्थानीय तहको नाममा चालु आ.व. को नविकरण सहितको ब्यवसाय दर्ता प्रमाण पत्र
- सरकारी बाहेकका बिद्यालयका हकमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वासम्पति कर तिरेको रसिद
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद
- निरीक्षण प्रतिवेदन


- नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र निवेदनको पत्र
- सरी जाने ब्यक्तिहरुको नागरिकताको प्रमाणपत्र नभएको हकमा विवाह दर्ता वा जन्मदर्ता वा उमेर खुलेको निस्साको प्रमाणित प्रतिलिपि
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि/घर वा जग्गा नभएको हकमा ब्यबसाय वा बसाई खुल्ने प्रमाण कागजात
- घर जग्गा भएको हकमा घर जग्गा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वासम्पति कर तिरेको रसिद वासम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- घर जग्गा नभएको हकमा सम्बन्धित घर धनीसँग गरेको घर बहालको सम्झौता