प्रमुख समाचार
मुसिकोट नागरपालिकाको संक्षिप्त परिचय
बिगत नेपालको एकात्मक शासन प्रणाली बमोजिम रुकुम जिल्लाको मुख्य बजार केन्द्र रहेको साबिक खलंगा गा.वि.स. सदरमुकाम र साँख गा.वि.स मिलाएर मुसिकोट नगरपालिका २०७१ मंसिर १६ गते मन्त्रिमण्डलको निर्णयबाट स्थापना भएको हो । त्यसपछि नेपालको सङ्घीय शासन प्रणाली अनुरूप नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्यको एक हो ।कर्णाली प्रदेश अन्तर्गतको रुकुम (पक्ष्चिम ) जिल्लामा पर्ने यो मुसिकोट नगरपालिका साविकको खलंगा, सांख, चौखावाङ, भलाक्चा, छिवाङ गा.बि.स. तथा स्यालापाखा गा.बि.स.को वडा नम्बर ३ र ४ मिलेर यस नगरपालिका बनेको छ । पूर्वमा सिस्ने र भुमे गाउँपालिका, पश्चिममा सानीभेरी गाउँपालिका, उत्तरमा वाँफीकोट गाउँपालिका र दक्षिणमा त्रिवेणी गाउँपालिका र रोल्पा जिल्ला रहेको यस नगरपालिकामा १४ वटा वडा रहेका छन् भने यसको क्षेत्रफल १३६.६ वर्ग कि.मि. रहेको छ र जम्मा जनसंख्या ३५३४८ रहेको छ ।
महत्वपूर्ण लिंकहरु
Services


सामाजिक सुरक्षा भत्ताकोलागि परिचय पत्र बनाउने
क) जेष्ठ नागरिक तथा दलित
|
१ .उमेर पुग्ने वा पुगेको निवेदन २. नागरिकता प्रतिलिपि ३.पासपोट साइजको फोटो २ प्रति |
१. नेपाल सरकरले तोके बमोजिको रकम निकाशा भए पश्चात २. श्रवण १ देखि मंशिर महिना भित्र दर्ता गर्नुपर्ने
|
ख) बिधवा, एकल महिला, पूर्ण अपांग, अति अशक्त, दलित बालबालिका |
१.निवेदन २ . पासपोट साइजको फोटो २ प्रति /संरक्षक भएको खण्डमा निजको पासपोट साइजको फोटो २ प्रति |
१. नेपाल सरकरले तोके बमोजिको रकम निकाशा भए पश्चात
|


- नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र निवेदन
- बिषयसँग सम्बन्धित प्रमाण कागजात
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको कागजात


- निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- स्थानीय तहबाट दर्ता भएको ब्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
- बहाल सम्झौताको प्रतिलिपि
- आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद


- निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
- २ प्रति फोटो
- घर वहाल सम्झौता
- आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद
- स्थानीय तहको नाममा दर्ता नगरी पान वा अन्य निकायबाट जारी गरेको ब्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि


- सुचना फारम
- दुलाह-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- दुलहीको नागरिकता नभएमा जन्मदर्ता शैक्षिक योग्यताको प्रमाण पत्र
- बाबु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद