प्रमुख समाचार
मुसिकोट नागरपालिकाको संक्षिप्त परिचय
ऐतिहासिक रुपमा बहादुर शाहको नायवी तथा रणबहादुर शाहको शासनकालमा बाईसे राज्यहरुः रुकुमकोट, मुसिकोट, गोतामकोट, आठविसकोट, बाँफिकोट, कोटजहारी नेपाल अधिराज्यमा गाभिएको पाइन्छ।वि.स.२०१८ सालमा देशलाई १४ अञ्चल ७५ जिल्लामा विभाजित गरिए पछि राप्ती अञ्चलको रुकुम जिल्लाको रुपमा यस जिल्लाले मान्यता पाएको अवस्थामा मुसिकोट क्षेत्र पनी यसै जिल्लामा रहन गएको थियो। त्यस बेला यस रुकुम जिल्लाको सदरमुकाम अग्ला पर्वतहरुको सानो खोचमा रहेको रुकुमकोटमा रहेको थियो।वि.स.२०३० सालमा यस रुकुम जिल्लाको जिल्ला सदरमुकाम जुम्लीखलंगामा सारिए पछि यस स्थानलाई मुसिकोट खलंगा भन्न थालिएको थियो। मुसिकोट नगरपालिकाको ऐतिहासि पृष्ठभुमी मुसिकोट दरबार (मुसिकोट मन्दिरको रुपमा रहेको) सँग पनि जोडेर हेर्न सकिन्छ। मध्यकालमा मुसिकोट राज्यका कुनै राजाले मुसीना मगरेकी सुसारे पात्रलाई त्यस क्षेत्रमा बसोबास गराए सँगै यस स्थानको नाम मुसिकोट रहन गएको किम्बदन्ती समेत सुन्न पाईन्छ। हाल मुसिकोट नगरपालिकाको वडा नं.४ मा भएको मुसिकोट दरबारमा भएको मुसीको प्रतीमा रहेको कारण पनी यो स्थान उनै मुसी नामकी सुसारेको नामबाट रहन गएको अनुमान लगाउन सकिन्छ।
Services


- कारण सहितको निवेदन पत्र
- नागरिकताको प्रमाणपत्र प्रतिलिपि
- स्थानीय तहको नाममा ब्यवसाय दर्ता गरेको प्रमाणपत्र
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर निर्धारण स्वीकृत भएको कागजात
- सर्जमिनका मुचुल्का आवश्यक परेमा सो समेत


- कारण सहितको निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रमाणपत्रको प्रतिलिपि
- स्थानीय तहको नाममा ब्यासाय दर्ता गरेको प्रमाणपत्र
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर निर्धारण स्वीकृत भएको कागजात
- सर्जमिनका मुचुल्का आवश्यक परेमा सो समेत


- ब्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- स्थानीय तहको नाममा ब्यबसाय दर्ता गरेको प्रमाणपत्र
- आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर, सम्पति करतिरेको रसिद वा करनिर्धारित स्वीकृत भएको कागजात
- स्थलगत प्रतिबेदन
- घरबाहाल सम्झौता पत्रको प्रतिलिपि
- सर्जमिनका मुचुल्का आवश्यक परे सो समेत


- आफ्नो ब्यवसायको विस्तृत ब्यहोरा सहितको निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको ब्यबसाय नवीकरणगरेको प्रमाणपत्रको सक्कल
- घरबहाल सम्झौता पत्रको प्रतिलिपि
- स्थलगत प्रतिबेदन
- विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र
- आफ्नो घर भएको चालु आ.ब. सम्मको मालपोत र घर जग्गा कर वा सम्पतिको कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात


- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
- जग्गाको आसपासको चलन चल्तीको मूल्य प्रक्षेपण
- हालसालै आसपासको खरिद बिक्री भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का
- चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वासम्पति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजपत्र
- नगरपालिकाको सम्पति कर प्रयोजनका लागि मूल्यांकन भएको रकम