FAQs Complain Problems

वडा नं. १

वडा नम्बर १ को संछिप्त परिचय

हालको मुसिकाेट नगरपालिका वडा नम्बर १,  साबिकका  गा.वि.स.स्यालापाखा वडा नम्बर ३,४  र मुसिकोट नगरपालिकाको १ नम्बर वडा समायोजन भइ बर्तमान नेपालको सङ्घीय शासन प्रणाली अनुरूप  नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित  वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्यको मुसिकोट नगरपालिकाको वडा  हो |  साबिकको सदरमुकाम भएको वडा हुनाले रुकुम जिल्लाकै प्रमुख ब्यापारिक केन्द्र तथा उच्च जनघनत्व भएको क्षेत्र हो |  वर्तमान संघिय शासन प्रणाली अनुरुप बिषयगत कार्यक्षेत्र निर्धारण गरिएका सरकारी तथा गैर सरकारी, अर्धसरकारी  संघ-संस्थाहरु जस्तै जिल्ला जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, समन्वय समिति, जिल्ला अदालत, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला कारागार कार्यालय, जिल्ला प्राबिधिक कार्यालय  तथा अन्य थुप्रै कार्यालयहरु यस वडामा रहेका छन | साबिकको सदरमुकाम रहेकै कारण हरेक पूर्वाधारको बिकासको क्षेत्रमा मु.न. पा. का अन्य वडा साथै  रुकुम जिल्लामै अगाडी रहेको छ | यस वडामा एक सल्ले विमानस्थल, मुसिकोट बहुमुखी क्याम्पस, त्रिभुवन माध्यामिक बिद्यालय मुसिकोट खलंगा  गरि २ मा.वि. २ नि.मा.वि. र ३ प्रा.बि. सामुदायिक विद्यालय र जिल्लाकै मुख्य संस्थागत विद्यालयहरु पनि रहेका छन् |

 

क्षेत्रफलको हिसाबले  सबैभन्दा ठुलो र जनसंख्या पनि धेरै भएको १ नम्बर वडाको कुल क्षेत्रफाल १८.६ वर्ग कि.मि. रहेको छ ।

मुख्य पर्यटीकय क्षेत्र

क्र.स.  पर्यटीकय क्षेत्र उचाई (मिटर ) खलंगा देखि दुरी (किमी ) मुख्य आकर्षण
१. सिद्ध गुफा १६०० २.५ एेतिहासिक स्थल
२‍ जन्ती बस्ने लेख २५९० 4.३ पर्यावरणिय क्षेत्र अवलोकन 
कालिका मन्दिर १५२० ०।० धार्मिक अास्थाकाे केन्द्र
सल्ले विमानस्थल १५८० २।०० पर्यावरणिय क्षेत्र अवलोकन 

जनसंख्या तथा जनघनत्व

घरधुरी संख्या महिला पुरुष जम्मा क्षेत्रफल किमी जनघनत्व (प्रति वर्ग किमी ) औसत परिवार
१२१४ ३१०१ ३२०५ ६३०६ १८.६ ३३९ ५.२

 

Nepali
Population: 
6306
Ward Contact Number: 
९८६६९०४५२६
 खलंगा
Weight: 
0