समाचार
मुसिकोट नागरपालिकाको संक्षिप्त परिचय
बिगत नेपालको एकात्मक शासन प्रणाली बमोजिम रुकुम जिल्लाको मुख्य बजार केन्द्र रहेको साबिक खलंगा गा.वि.स. सदरमुकाम र साँख गा.वि.स मिलाएर मुसिकोट नगरपालिका २०७१ मंसिर १६ गते मन्त्रिमण्डलको निर्णयबाट स्थापना भएको हो । त्यसपछि नेपालको सङ्घीय शासन प्रणाली अनुरूप नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्यको एक हो ।कर्णाली प्रदेश अन्तर्गतको रुकुम (पक्ष्चिम ) जिल्लामा पर्ने यो मुसिकोट नगरपालिका साविकको खलंगा, सांख, चौखावाङ, भलाक्चा, छिवाङ गा.बि.स. तथा स्यालापाखा गा.बि.स.को वडा नम्बर ३ र ४ मिलेर यस नगरपालिका बनेको छ । पूर्वमा सिस्ने र भुमे गाउँपालिका, पश्चिममा सानीभेरी गाउँपालिका, उत्तरमा वाँफीकोट गाउँपालिका र दक्षिणमा त्रिवेणी गाउँपालिका र रोल्पा जिल्ला रहेको यस नगरपालिकामा १४ वटा वडा रहेका छन् भने यसको क्षेत्रफल १३६.६ वर्ग कि.मि. रहेको छ र जम्मा जनसंख्या ३५३४८ रहेको छ ।
महत्वपूर्ण लिंकहरु
Services


- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जग्गा धनी प्रमाणपुर्जा
- आयश्रोत भए आयस्रोत खुल्ने कागजात
- अन्य आवश्यक कागजात
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वासम्पति कर र बाहाल तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- सर्जमिन मुचुल्का


- निवेदन पत्र र अङ्गिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
- साबिक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारबाही चलाएको पुष्टि गर्ने कागजातहरु
- नेपालमा १५ बर्षदेखि कुनै ब्यबसाय वा काम गरी बसेको प्रमाणपत्रको प्रतिलिपि
- वैवाहिक अङ्गिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
- नेपाली भाषा लेख्न बोल्न जान्ने प्रमाण कागजातहरु
- पासपोर्ट साइजको फोटो ३ प्रति
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वासम्पति कर तिरेको रसिद
- सर्जमिन मुचुल्का


- निवेदन पत्र र आमा ̷ बाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
- विवाहित महिलाको हकमा पति ̷ आमा ̷ बुवाको नागरिकाता प्रमाणपत्रको प्रतिलिपि
- चारित्रिक प्रमाणपत्रको प्रतिलिपि(बिद्यार्थीको हकमा)
- विवाह दर्ताको प्रतिलिपि (विवाहितको हकमा)
- बसाई सरी आएको हकमा बसाईसराईको प्रमाण पत्रको प्रतिलिपि
- दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वासम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
- प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकाताको प्रतिलिपि


- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बसाइसराइको हकमा बसाइसराइ दर्ता प्रमाणपत्रको प्रतिलिपि
- ,चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वासम्पति कर तिरेको रसिद
- जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि


- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्वर, टोल, वा बाटोको नाम
- बहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- कर्मचारिको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र
- घरबहाल कर तिरेको रसिद
- घरबहालको सम्झौता पत्र