Welcome to मुसिकोट नगर कार्यपालिकाको कार्यालय रुकुम (पश्चिम)

जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र बसाइँसराई  जस्ता व्यक्तिगत तथा सामाजिक घटना घटेको ३५ दिनभित्र निशुल्क रुपमा दर्ता गराऔँ ।


मुसिकोट नागरपालिकाको संक्षिप्त परिचय

नेपालमा एकात्मक राज्य शासन प्रणाली हुदा रुकुम जिल्लाको मुख्य  बजार केन्द्र रहेको खलंगा गा.वि.स. सदरमुकाम  र साँख गा.वि.स मिलाएर एक नगरपालिका २०७१ मंसिर १६ गते मन्त्रिमण्डलको निर्णयबाट स्थापना भएको  हो । त्यसपछि नेपालको सङ्घीय शासन प्रणाली अनुरूप  नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित  वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्यको एक हो । ६ नम्बर प्रदेश अन्तर्गतको रुकुम (पक्ष्चिम ) जिल्लामा पर्ने यो मुसिकोट नगरपालिका  साविकको खलंगा, सांख,  चौखावाङ, भलाक्चा, छिवाङ गा.बि.स. तथा स्यालापाखा गा.बि.स.को वडा नम्बर ३ र ४ मिलेर यस नगरपालिका बनेको छ । पूर्वमा सिस्ने र भुमे गाउँपालिका, पश्चिममा सानीभेरी गाउँपालिका, उत्तरमा वाँफीकोट गाउँपालिका र दक्षिणमा त्रिवेणी गाउँपालिका र रोल्पा जिल्ला रहेको यस नगरपालिकामा १४ वटा वडा रहेका छन् भने यसको क्षेत्रफल १३६.६ वर्ग कि.मि. रहेको छ । 

मुसिकोट नगरपालिकाको मोबाइल application Download यस लिंकमा क्लिक गर्नुहोला ।

 

 

No front page content has been created yet.