समाचार
मुसिकोट नागरपालिकाको संक्षिप्त परिचय
बिगत नेपालको एकात्मक शासन प्रणाली बमोजिम रुकुम जिल्लाको मुख्य बजार केन्द्र रहेको साबिक खलंगा गा.वि.स. सदरमुकाम र साँख गा.वि.स मिलाएर मुसिकोट नगरपालिका २०७१ मंसिर १६ गते मन्त्रिमण्डलको निर्णयबाट स्थापना भएको हो । त्यसपछि नेपालको सङ्घीय शासन प्रणाली अनुरूप नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्यको एक हो ।कर्णाली प्रदेश अन्तर्गतको रुकुम (पक्ष्चिम ) जिल्लामा पर्ने यो मुसिकोट नगरपालिका साविकको खलंगा, सांख, चौखावाङ, भलाक्चा, छिवाङ गा.बि.स. तथा स्यालापाखा गा.बि.स.को वडा नम्बर ३ र ४ मिलेर यस नगरपालिका बनेको छ । पूर्वमा सिस्ने र भुमे गाउँपालिका, पश्चिममा सानीभेरी गाउँपालिका, उत्तरमा वाँफीकोट गाउँपालिका र दक्षिणमा त्रिवेणी गाउँपालिका र रोल्पा जिल्ला रहेको यस नगरपालिकामा १४ वटा वडा रहेका छन् भने यसको क्षेत्रफल १३६.६ वर्ग कि.मि. रहेको छ र जम्मा जनसंख्या ३५३४८ रहेको छ ।
महत्वपूर्ण लिंकहरु
Services


- सुचना फारम
- अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
- पतिपत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
- केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने


- सुचना फारम र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बसाईसराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराईको कागजात
- जहाँ जाने त्यस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने
- जाने आउने ब्यक्तिको नागरिकता/जन्मदर्ताको प्रतिलिपि
- चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा सम्पत्ति कर तिरेको रसिद


- सुचना फारम
- मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
- मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
- अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
- मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
- सूचना दिने ब्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र


- सुचना फारम
- बालकको बाबु/आमाको नागरिकता विवाह दर्ता
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वासम्पत्ति कर तिरेको रसिद
- अस्पतालमा जन्म प्रमाणित गरेको परिचय पत्रको प्रमाणित प्रतिलिपि


- निवेदन पत्र
- प्रथम बर्षका लागि जग्गा धनी प्रमाण पुर्जा, नविकरणका लागी अघिल्लो आ.व.मा मालपोत तिरेको रसिद वा यस कार्यालयबाट गारी गरिएको मालपोत नविकरण बुक
- घर जग्गा कर वासम्पत्ति कर तिरेको प्रमाण
- आ.ब. ०७४/०७५ सम्मको बाँकी बक्यौता मात्र