समाचार
मुसिकोट नागरपालिकाको संक्षिप्त परिचय
बिगत नेपालको एकात्मक शासन प्रणाली बमोजिम रुकुम जिल्लाको मुख्य बजार केन्द्र रहेको साबिक खलंगा गा.वि.स. सदरमुकाम र साँख गा.वि.स मिलाएर मुसिकोट नगरपालिका २०७१ मंसिर १६ गते मन्त्रिमण्डलको निर्णयबाट स्थापना भएको हो । त्यसपछि नेपालको सङ्घीय शासन प्रणाली अनुरूप नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्यको एक हो ।कर्णाली प्रदेश अन्तर्गतको रुकुम (पक्ष्चिम ) जिल्लामा पर्ने यो मुसिकोट नगरपालिका साविकको खलंगा, सांख, चौखावाङ, भलाक्चा, छिवाङ गा.बि.स. तथा स्यालापाखा गा.बि.स.को वडा नम्बर ३ र ४ मिलेर यस नगरपालिका बनेको छ । पूर्वमा सिस्ने र भुमे गाउँपालिका, पश्चिममा सानीभेरी गाउँपालिका, उत्तरमा वाँफीकोट गाउँपालिका र दक्षिणमा त्रिवेणी गाउँपालिका र रोल्पा जिल्ला रहेको यस नगरपालिकामा १४ वटा वडा रहेका छन् भने यसको क्षेत्रफल १३६.६ वर्ग कि.मि. रहेको छ र जम्मा जनसंख्या ३५३४८ रहेको छ ।
महत्वपूर्ण लिंकहरु
Services


- कारण प्रष्ट खुलेको निवेदन
- चालु आ.व. सम्मको घर जग्गा कर, बाहाल कर र मालपोत तिरेको रसिद
- बहाल सम्झौताको प्रमाणित प्रतिलिपि
- जिल्ला प्रशासन कार्यालयको पत्र
- स्थानीय सर्जमिन मुचुल्का
- आवश्यकता आनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का


- निवेदन तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
- हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि
- मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- हकवाला नाबालक भए जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
- हकदारहरुको पासपोर्ट साइजको फोटो ४ प्रति
- स्थानीय सर्जमिन मुचुल्का
- आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का


- निवेदन तथा नागरिकता प्रमाणपत्र प्रतिलिपि
- नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
- सर्जमिन गरी बुझ्नुपर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वासम्पति कर तिरेको रसिद
- नाता प्रमाणित गर्ने ब्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो


- जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
- नापी नक्सा
- चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वासम्पति कर तिरेको रसिद
- जग्गा धनीले स्वीकृतिको सनाखत गर्नुपर्ने


- संस्था नविकरण सहितको प्रमाणपत्रको प्रतिलिपि एवं बिधानको प्रतिलिपि वा नियमावलिको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गाको कर तिरेकोरसिद
- बहालमा भए सम्झौता पत्र प्रतिलिपि र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु पर्ने
- आवश्यकता अनुसार सर्जमिन मुचुल्का