समाचार
मुसिकोट नागरपालिकाको संक्षिप्त परिचय
ऐतिहासिक रुपमा बहादुर शाहको नायवी तथा रणबहादुर शाहको शासनकालमा बाईसे राज्यहरुः रुकुमकोट, मुसिकोट, गोतामकोट, आठविसकोट, बाँफिकोट, कोटजहारी नेपाल अधिराज्यमा गाभिएको पाइन्छ।वि.स.२०१८ सालमा देशलाई १४ अञ्चल ७५ जिल्लामा विभाजित गरिए पछि राप्ती अञ्चलको रुकुम जिल्लाको रुपमा यस जिल्लाले मान्यता पाएको अवस्थामा मुसिकोट क्षेत्र पनी यसै जिल्लामा रहन गएको थियो। त्यस बेला यस रुकुम जिल्लाको सदरमुकाम अग्ला पर्वतहरुको सानो खोचमा रहेको रुकुमकोटमा रहेको थियो।वि.स.२०३० सालमा यस रुकुम जिल्लाको जिल्ला सदरमुकाम जुम्लीखलंगामा सारिए पछि यस स्थानलाई मुसिकोट खलंगा भन्न थालिएको थियो। मुसिकोट नगरपालिकाको ऐतिहासि पृष्ठभुमी मुसिकोट दरबार (मुसिकोट मन्दिरको रुपमा रहेको) सँग पनि जोडेर हेर्न सकिन्छ। मध्यकालमा मुसिकोट राज्यका कुनै राजाले मुसीना मगरेकी सुसारे पात्रलाई त्यस क्षेत्रमा बसोबास गराए सँगै यस स्थानको नाम मुसिकोट रहन गएको किम्बदन्ती समेत सुन्न पाईन्छ। हाल मुसिकोट नगरपालिकाको वडा नं.४ मा भएको मुसिकोट दरबारमा भएको मुसीको प्रतीमा रहेको कारण पनी यो स्थान उनै मुसी नामकी सुसारेको नामबाट रहन गएको अनुमान लगाउन सकिन्छ।
No front page content has been created yet.
Services


- बिद्यालय ठाउँसारीका लागि निबेदन
- बिद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि
- स्थानीय तहकोनामको नवीकरण सहितको ब्यवसाय दर्ता प्रमाणपत्र
- (सरकारी एवं सामुदायिक बिद्यालयबाहेक अन्यमा) चालु आ.व. सम्मको सरी जाने ठाउँ र हालको ठाउँ दुबैको मालपोत र घरजग्गा कर वासम्पति कर तिरेको रसिद
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बाहाल कर तिरेको रसिद ̷ नतिरेको भए तिर्नु बुझाउनु पर्ने
- स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि
- निरीक्षण प्रतिबेदन
- सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र


- उद्योग ठाउँसारीका लागी निवेदन
- उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि
- स्थानीय तहको नामको नवीकरण सहितको ब्यवसाय दर्ता प्रमाणपत्र
- आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वासम्पति कर तिरेको रसिद
- वहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने
- (स्थानीय तहको नाम) क्षेत्रभित्र सरी जाने भए सम्बन्धित वडा कार्यालयको अनुमतिको सिफारिस पत्र


- निवेदकन पत्र
- ब्यबसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
- आफ्नो घर भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा कर निर्धारण स्वीकृत भएको कागजात
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
- दुई प्रति पासपोर्ट साइजको फोटो


- कारण सहित निवेदन पेश
- चौपाया लाने ठाउँको स्वीकृत पत्र
- लिने दिने दुबैको सनाखत गर्नुपर्ने
- चौपाय पालन गर्नेका हकमा स्थान र छरछिमेक तथा वातावरणमा प्रतिकूल प्रभाव नपर्ने ब्यहोरा


- बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- जन्म दर्ताको प्रमाणपत्र
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वासम्पति कर तिरेको रसिद
- नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
- नाबालक अनिवार्य रुपमा उपस्थित हुनु पर्ने
- दुबै कान देखिने पासपोर्ट साइजको फोटो